नेपालमा नागरिक अधिकार खुम्चिएको प्रति अमेरिकाको चासो
काठमाडौ । नेपालमा पछिल्लो समय नागरिक अधिकार खुम्चिएको भन्दै अमेरिकाले चासो देखाएको छ ।
अमेरिकी राजदूत अलाइना बी टेप्लिजले नेपालको खुम्चिँदो नागरिक अधिकारप्रति चिन्ता व्यक्त गरेकी हुन् ।
नेपालमा आफ्नो तीनवर्षे कार्यकाल पूरा गरेर फर्किन लागेकी राजदूत टेप्लिजले सम्पादकहरुको एक समूहसँग मंगलबार आफ्नो निवास कमलादीमा कुरा गर्दै यस्तो बताएकी हुन्।
सरकारबाट नागरिक अधिकारका विषयमा आएका धारणा र छलफल भइरहेका कानुनका मस्यौदाबारे उनले चासो व्यक्त गरिन्।
उनले अनलाईन मिडियासम्बन्धि निर्देशिकाका केही प्रावधान उत्साहजनक नभएको बताइन्।
प्रतिकृया दिनुहोस