राष्ट्रियस्तरको ‘जुम्ला–रारा अल्ट्रा म्याराथुन २०१८’ शुरु
सुर्खेत । कर्णाली प्रदेशको जुम्ला जिल्लाद्वारा आयोजित राष्ट्रियस्तरको ‘जुम्ला-रारा अल्ट्रा म्याराथुन २०१८’ शुरु भएको छ ।
राष्टिय एथ्लेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह र अल्ट्रा विश्व च्याम्पियन मीरा राईले संयुक्तरुपमा ‘जुम्ला-रारा अल्ट्रा म्याराथुन २०१८’ को बुधबार बिहान उद्घाटन गरे ।
उक्त खेलमा ३२० जना खेलाडीले भाग लिएको कर्णाली खेलकुद क्लब जुम्लाका अध्यक्ष सरोज शाहीले जनाएको छ ।
पूर्वमा झापा, धनकुटा, भोजपुर, मध्यमाञ्चलमा सिन्धुपाल्चोक, काठमाडौँ धादिङ, पश्चिमाञ्चलमा कास्की, स्याञ्जा मध्य तथा सुदूरपश्चिम गरी १४ जिल्लाका खेलाडीले भाग लिएको उनले बताए ।
ट्रेल रेसका खेलाडीको अधिकतम सहभागिता रहेको आयोजक क्लबले जनाएको छ ।
प्रतिकृया दिनुहोस