गम्भीर रोगबाट ग्रसित अशक्त रोगीलाई १२ लाख सहयोग
काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाले नगरपालिकामा स्थायी बसोबास गरिरहेका गम्भीर प्रकृतिका रोगबाट ग्रसित ४७ बिरामीलाई आर्थिक सहयोग गरेको छ ।
मुटु, अर्बुदरोग तथा मिर्गाैलाजस्ता रोगबाट ग्रसित अशक्त बिरामीका लागि आव २०७४-७५ मा प्रतिव्यक्ति २५ हजारका दरल ११ लाख ७५ हजार सहयोग गरिएको नगर प्रमुख गजेन्द्र महर्जनले बताए ।
आगामी आवमा समेत सो किसिमका बिरामीका लागि आवश्यक सहयोग गरिँदै जाने नगरपालिकाको नीति छ । नेपाल सरकारबाट समेत त्यस्ता बिरामीलाई सहुलियत प्रदान गरिँदै आएको छ ।
प्रतिकृया दिनुहोस