विक्रिका लागि ल्याइएको तीन सय २५ किलो मरेका कुखुरा बरामद

Deth hen

काठमाडौँ । काठमाडौँको नयाँ बजार क्षेत्रमा बिक्रीवितरणका लागि हेटौँडाबाट ल्याएको तीनसय २५ किलो मरेको कुखुरा प्रहरीले बरामद गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले एउटा पिकअप भ्यानमा मरेका एकसय ७० थान कुखुरा सहित ३ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले नियन्त्रणमा लिएको बा १७ च १२३६ नम्बरको भ्यानमा दजैनौ मरेका कुखुरा बरामद भएको हो ।

‘मरेका कुखुरा विक्रीवितरण हुने सूचनाका आधारमा निगरानी गरिरहेका थियौँ, शुक्रबार यो कुरा पुष्टि भएको छ’ बृत्तका प्रमुख डिएसपी गौतम केसीले भने, ‘यस विषयमा थप अनुसन्धान गरिरहेका छौँ।’

डिएसपी गौतमले काठमाडौँका अन्य क्षेत्रमा समेत मरेका कुखुराको विक्री वितरण भइरहेको हुनसक्ने भएकाले प्रहरीले निगरानी बढाइएको जानकारी दिए ।

मरेका कुखुराको विक्री वितरण गर्ने व्यवसायीहरु हेटौँडाका हिमाल बर्तौला, भ्यानका चालक इन्द्रबहादुर अधिकारी र सहचालक अनिष दोङलाई पक्राउ गरेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा नयाँबजार र बसपार्क क्षेत्रमा रहेका फ्रेस हाउस र होटल तथा रेष्टुरेन्टलाई बिक्री गर्न मरेका कुखुरा हेटौँडाबाट ल्याइएको खुलेको छ ।

विषादी मिसाइएको हरियो तरकारी खानुपर्ने बाध्यतामा रहेका काठमाडौंबासीले अब मासुसमेत मरेका कुखुराको खानुपर्ने बाध्यता देखिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...