कांग्रेसका प्रवक्ता भन्छन्, कम्युनिष्ट सरकारले दम्भको श्रीपेच फुकाल्नुपर्छ

Nc pradarsan 15 1

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मंगलबार देशभर सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

सरकारविरुद्ध लागेको नेपाली कांग्रेसले देशभर प्रदर्शन गर्दा सरकारविरुद्ध निक्कै चर्का नारावाजी समेत गरेको थियो । सो क्रममा सहभागीहरुले ‘आर्यघाटले के भन्छ, केपी ओलीलाई ले भन्छ’ जस्ता नारा पनि लगाएका थिए ।

काठमाडौंको शान्ति बाटिकाबाट सुरु भएको ¥यालीसहितको विरोध प्रदर्शन असन, इन्द्रचोक, न्यूरोड, न्यूरोड गेट हुँदै पुनः शान्ति वाटिकामा आएर कोणसभामा परिणत भएको थियो ।

नेपाली कांग्रेसले धनकुटा, भोजपुर, कपिलबस्तु, सुनसरी, धादिङ, बाजुरा, लगायतका सबै जिल्लामा विरोध प्रदर्शन गरेको छ । प्रदशृनका क्रममा उनीहरुले सरकार विरोधी नाराबाजी पनि गरेका छन् ।

झापा पुगेका नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कम्युनिष्ट सरकारलाई दम्भको श्रीपेच फुकाल्न आग्रह गरे । उनले बहुमतको सरकार बनेका बेला दम्भ हटाई जिम्मेवार भएर अघि बढ्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिए ।

झापाको चन्द्रगढीमा आयोजित सरकारविरुद्धको विरोधसभालाई सम्बोधन गर्दै प्रवक्ता शर्माले कांग्रेसलाई बल प्रयोग गरेर नियन्त्रण गर्न नसकिने बताए । ‘विवेकको बाटो लाग्नुभएन भने दम्भको श्रीपेच राखिरहनुभयो भने तपाईँले निषेधाज्ञा लगाएर ठाउँठाउँको जुलुस त रोक्न सक्नुहोला’ उनले भने, ‘तर तपाईँलाई नै भोट दिएर हृदयमा केपी ओलीको तस्बिर राखेर जो जनता बसेका छन्, तीनले आफ्नो हृदयबाट तपाईँको तस्बिर फुकाल्नका लागि कुनै निषेधाज्ञाले छेक्ने छैन ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...