भ्रष्टाचार गर्ने कसैले पनि उन्मुक्ति पाउँदैनन्ः प्रधानमन्त्री ओली

Oli

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालयमा बेरुजु बढ्नु मुलुकको सुशासनका लागि राम्रो संकेत नभएको बताएका छन् । उनले जानाजान बेरुजु गर्नु भ्रष्टाचार हुने भएकाले त्यसमा संलग्नलाई कानूनी कारवाही गर्नुपर्ने बताए ।

महालेखा परीक्षकको आर्थिक वर्ष २०७४–७५ लेखा परीक्षणसम्बन्धी बैठकलाई मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिले देशलाई बाटो देखाउने भएकाले राजनीतिक व्यक्तित्वले समेत सो विषयमा गम्भीर हुनुपर्नेमा जोड दिए ।


प्रधानमन्त्री ओलीले भ्रष्टाचार र अनियमितता गर्ने राज्यका कुनै पनि निकाय र व्यक्तिले उन्मुक्ति नपाउने बताए । बढ्दो बेरुजुले अन्तर्राष्ट्रिय जगत्मा पनि नेपालको शाख गिराउने प्रधानमन्त्री ओलीको भनाइ छ । “नेपाली भ्रष्टाचार गर्ने र ठगठाग गर्ने जाति होइन,” प्रधानमन्त्रीले भने, “तर हामीमा मौलाएको महत्वकांक्षा र गलत संस्कारले नेपालीलाई भ्रष्टाचारतिर तान्यो । यो क्रमलाई अब यही विराम लगाउनुपर्छ ।”

बैठकमा महालेखा परीक्षक टंकमणि शर्माले आव २०७४-७५ मा रु ४८ अर्ब बेरुजु देखिएको जानकारी दिए । बैठकमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र विभिन्न मन्त्रालयका सचिवको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...