वर्तमान सरकार जनमुखी हुनुपर्ने : डा रिजाल
विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सदस्य डा मीनेन्द्र रिजालले जनताका मतबाट बनेका वर्तमान सरकार जनमुखी हुनुपर्ने बताएको छ ।
नेपाली काँग्रेस जिल्ला कार्य समिति मोरङद्वारा मंगलबार यहाँ आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले वर्तमान सरकारलाई विकास तथा गरिबी न्यूनीकरणका योजना ल्याउन सुझाव दिए ।
सोही अवसरमा काँग्रेसका केन्द्रीय सदस्यत्रय अमृत अर्याल, डिला संग्रौला र हसन अन्सारीले जनता महँगीका मारमा परेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।
स्थानीय वीरेन्द्र सभागृहबाट निस्किएको विरोध ¥याली नगरको विभिन्न भागको परिक्रमा गर्दै महेन्द्र चोकमा पुगी कोण सभामा परिणत भएको थियो ।
प्रतिकृया दिनुहोस