डिएलएको अध्यक्षमा अधिकारी विजयी

Yogendra adhikari dla president

चितवन । नेपाली कांग्रेस निकट कानुन व्यवसायीहरुको संगठन नेपाल डेमोक्र्याटिक्स लयर्स एशोसियसन (डिएलए) को अध्यक्षमा योगेन्द्र बहादुर अधिकारी विजयी भएका छन् । चितवनमा जारी डिएलएको १० औँ राष्ट्रिय अधिवेशनबाट अधिकारी अध्यक्ष निर्वाचित भएका हुन् ।
अध्यक्षका अन्य दुई जना उम्मेदवारलाई हराउँदै अधिकारी तीन वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन् । अधिकारीले सिताराम केसी र रामकुमार श्रेष्ठलाई पराजित गरे । अधिकारीले ४३१ मत ल्याउँदा केसीको पक्षमा ३३४ मत आयो । यस्तै अर्का उम्मेदवार श्रेष्ठले ४२ मत ल्याए ।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सुरेश कुमार, महिला उपाध्यक्षमा सुष्मा बाँस्कोटा, महासचिवमा लक्ष्मीदेवी रावल, कोषाध्यक्षमा सुधा खतिवडा कोइराला, सचिवमा खड्कबहादुर क्षेत्री र महिला सचिवमा विष्णु वस्याल निर्वाचित भएका छन् ।

डिएलए प्रदेश संरचनामा जाने कांग्रेसको पहिलो भातृ संगठन बनेको छ ।

सातवटै प्रदेशमा प्रदेश उपाध्यक्षहरु निर्वाचित बनेका छन् । प्रदेश नम्बर १ मा मुरारी खनाल, प्रदेश नम्बर २ मा राजन दाहाल, प्रदेश नम्बर ३ मा राजु कटवाल, गण्डकी प्रदेशमा फणिन्द्र कोइराला, प्रदेश नम्बर ५ मा गोर्कणसिंह थापा, कर्णाली प्रदेशमा खड्का सिजापति र प्रदेश नम्बर ७ मा बीरबहादुर जेठारा निर्वाचित भएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...