गायनमा धुम मच्चाउँदै श्रुती
कपिलवस्तु । श्रुति वर्मा ले १४ वर्षकी मात्रै भइन् । तर, यो कलिलो उमेरमै उनले गायनमा धुम मच्चाउन थालेकी छन् ।
उनका केही गीत सामाजिक फेसबुक, टुइटर, युटुब, इन्सटाग्राम जस्ता सञ्जालमा पोष्ट भएपछि एकाएक नेपाल लगायत भारत र अन्य देशमा समेत भाइरत बनेको छ । यसले उनको गायकीपनको चर्चा तारिफ बटुलेको छ ।
उनी कपिलवस्तुको तौलिहवाका शिक्षक सजय बर्माको छोरी हुन् । उनका गीतले अहिले लाखौको मन जितेको छ । कक्षा १० मा अध्ययनरत वर्माले अधिकांस गीत हिन्दी छन् ।
उनी बाल्यकालदेखि नै गायनमा लागेकी थिइन् । मिठो स्वरकी धनी बर्माले गायन क्षेत्रबाट जिल्लाको नाम राख्न चाहेको बताइन् ।
प्रतिकृया दिनुहोस