भारतीय बाँधका कारण नेपाली भूमि डुबानमा परेः राजमो

Rajamo

काठमाडौं । राष्ट्रिय जनमोर्चाले देशका विभिन्न सीमा क्षेत्रका गाउँहरु भारतले बनाएका बाँधका कारण डुबानमा परेको जनाएको छ ।

राजमोका उपाध्यक्ष एवं दुर्गा पौडेलले सोमबार विज्ञप्ति प्रकासित गरी अन्तर्राष्ट्रिय कानून अनुसार कुनै पनि देशले सिमाको १२ किमी भित्र कुनै बाँध बनाउन नपाइने भएपनि भारतले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरेको बताएकी हुन्।

‘कपिलवस्तुमा मात्र होइन, नेपालका सिमावर्ती क्षेत्रका धेरै खेतहरु डुवानमा पर्ने गर्दछन्। भारतले हिउँदमा ती बाँधहरुका ढोका खोलिदिन्छ र वर्षामा ढोका बन्द गरिदिन्छ।’ विज्ञप्तिमा भनिएको छ, ‘त्यो समस्याप्रति नेपाल सरकारले आवश्यक ध्यान दिन सकेको छैन । त्यसकारण राष्ट्रिय जनमोर्चाले कुटनीतिक स्तरमा भारतसित वार्ता गरेर उक्त समस्याको समाधानका लागि प्रभावशाली कदम उठाउनुपर्ने आवश्यकतामा जोड दिन्छ।’

यस्तै राजमोले बंगलादेशमा मेडिकल साइन्स पढ्ने छात्राहरुप्रति कानून तथा न्यायमन्त्री शेरबहादुर तामाङले दिएको अभिव्यक्तिप्रति समेत आपत्ति जनाएको छ।

कानुनमन्त्रीको अभिव्यक्तिले बङ्गलादेशमा पढ्ने छात्राहरु माथि मात्र होइन, सम्पूर्ण नेपाली महिलाको अस्मितामा आँच पुगेको राजमोले ठहर छ। त्यस प्रकारको अभिव्यक्ति दिने मन्त्रीप्रति काडा कारवाही गर्नको लागि राष्ट्रिय जनमोर्चाले सरकारसित माग समेत गरेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...