सरकारलाई काम गर्न नदिने षडयन्त्र भयो; माधव नेपाल

Madhab nepal

भत्तपुर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारलाई काम गर्न नदिन अनेक षडयन्त्र र गतिविधि भइरहेको आरोप लगाएका छन् ।

पुष्पलालको ४० औँ स्मृति दिवसका अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठान जिल्ला कार्यसमिति भक्तपुरले आयोजना गरेको विचार गोष्ठीमा बोल्दै नेता नेपालले यस्तो आरोप लगाएका हुन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले नयाँनयाँ निहुँ खोजेर सरकारले गरेका राम्रा कामलाई रोक्ने प्रयास भइरहेको बताए । पुष्पलालले देखाएको बाटोमा अहिले कम्युनिष्ट पार्टी एकै ठाउँमा एकताबद्ध भएको उनको भनाई थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...