राष्ट्रियता र प्रजातन्त्रका लागि पुष्पलाल आजिवन लड्ने नेताः नेपाल

Madhav nepal 3 1

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पुष्पलाल प्रजातन्त्रका लागि सधैँ संघर्षशील रहेको बताएका छन् ।

पुष्पलालको ४० औँ स्मृति दिवस पारेर पुष्पलाल स्मृति प्रतिष्ठानले शुक्रबार लगनखेलमा आयोजना गरेको कार्यक्रममा उनले भने – “पुष्पलाल राष्ट्रियता, स्वाधीनता र हस्तक्षेपका विरुद्धमा आजीवन लड्ने नेताका रुपमा रहनुभएको थियो ।”

नेता नेपालले समाजको जटिलता र विशेषतालाई ख्याल गर्नुपर्ने उल्लेख गर्दै जातीयताले कुनै दिन समस्या ल्याउन सक्छ भनेर उनले नामको पछाडि कहिल्यै श्रेष्ठ नलेखेको बताए।

नेकपा स्थायी कमिटी सदस्य पम्फा भुसालले पुष्पलालले आजीवन वर्ग संघर्षमा जोड दिएको बताउँदै जातीयताभन्दा विचारलाई पुष्पलालले विशेष प्राथमिकतामा राखेको बताइन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...