विधेयकमा सहमति हुन नसक्दा, संसद बैठक १ हप्ता पछाडी सार्यो

Sansad parliyam

काठमाडौं । चिकित्सा शिक्षा विधेयकमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबीच सहमति हुन नसक्दा प्रतिनिधिसभाको बैठक एक हप्ता पछाडी सरेको छ ।

सत्तारुढ दल नेकपाले विधेयक माथेमा प्रतिवेदनको भावनाअनुसार नै संसदमा प्रस्तुत भएको दाबी गरेको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विधेयक आफ्नो सरकारको पालामा जारी भएको अध्यादेशको भावनाअनुरुप नभएको भन्दै संसदमा पेस गर्नसमेत दिएको छैन ।

तर, सदनको बैठकको दैनिक कार्यसूचीमा चिकित्सा शिक्षा विधेयक २०७५ प्रस्तुत गर्ने कार्यक्रम थिएन । दैनिक कार्यसूचीमा सो विधेयक प्रस्तुत गर्ने कार्यक्रम नहुँदा पनि संसदको बैठक बस्न सकेन । बिहीबारको दैनिक कार्यसूचीमा अर्थमन्त्री डा. युवराज खतिवडाले बिमा विधेयक, २०७५ प्रस्तुत गर्ने कार्यक्रम रहेको थियो ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विधेयक फिर्ता नहुने तर सहमतिका लागि प्रयास जारी रहने बताए । सदन बस्न नसकेपछि सूचना टाँस गरी एक हप्ताका लागि पछि सारिएको हो । संसदको अर्काे बैठक यही साउन ११ गते दिनको १ बजे बस्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...