धनकुटा कांग्रेसले सरकारविरुद्ध संघर्ष गर्ने

Nc jhanda

धनकुटा । नेपाली कांग्रेस धनकुटाले पछिल्ला दिनमा भइरहेको मुल्यवृद्धी र सरकारको असंवैधानिक गतिविधिको विरोधमा सशक्त सडक संर्घष गर्ने भएको छ ।

कांग्रेस सभापति अग्नीप्रसाद पौडेलको सभापतित्वमा बुधबार धनकुटामा बसेको बैठकले जनताको ढाड सक्ने गरी दिन प्रतिदिन भइरहको मुल्यवृद्धी र सरकारको असंवैधानिक गतिविधिको विरोधमा साउन १५ मा धनकुटा बजारमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

विरोध प्रर्दशनलाई सशक्त र प्रभावकारी बनाउन मातहतका सबै समितिहरु र भातृ तथा सुभेच्छुक संस्थाहरुलाई व्यापक परिचालन गर्ने निर्णय गरी बुधबारदेखि नै परिचालन गरिएको सचिव विजय सन्तोषी राईले बताए ।

यसैगरी वीपी जयन्तीको अवसरमा नेपाली कांग्रेस धनकुटाले सहिद भीमनारायण स्मृती भवनमा आगामी आइतवार कार्यक्रम गर्ने भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...