फागुनमा संघर्ष, साउनमै घोषणा !

Kamal thapa

काठमाडौं । ‘काहीँ नभएको जात्रा हाडीगाउँमा’ भनिएजस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले नि पनि त्यस्तै जात्रा देखाएको छ । त्यो पनि हिन्दु राज्य स्थापनाको संघर्षका कार्यक्रममार्फत ।

राप्रपाले झण्डै आगामी फागुन ७ देखि हिन्दु राज्य स्थापनाको लागि निर्णयक संघर्ष गर्दैछ । तर, त्यसको ७ महिनाअघि नै आन्दोलनको घोषणा गरेको छ ।

‘देशभरी जागरण अभियान सञ्चालन गर्ने र उपयुक्त संगठनात्मक आधार तयार भएपछि २०७५ साल फागुन ७ गतेदेखि हिन्दू राष्ट्र पुनस्र्थापना निर्णायक र अविछिन्न जनसंघर्ष गर्नेछौं’ राप्रपा अध्यक्ष कमल थापाले भने, ‘फागुन ७ मा गरिने आन्दोलनले हिन्दु राज्य पुनःस्थापना गरेरै छाड्ने छ ।’

राप्रपाले काठमाडौंमा आयोजना गरेको हिन्दू राष्ट्र पुनस्र्थापना जनजागरण अभियानको उदघाटनमा अध्यक्ष थापाले देशब्यापी जागरण अभियान सञ्चालन गर्ने र फागुन ७ देखि निर्णायक आन्दोलन गर्ने घोषणा गरे ।

‘आवश्यक परे पार्टीको नाम र झण्डा प्रयोग नगरी आन्दोलन चलाउन तयार छौं’ उनले भने ‘आफूहरुको आन्दोलनअघि नै संविधान संशोधनमार्फत धर्म निरपेक्ष हटाउनेमा म ढुंक्क छु ।’

अध्यक्ष थापाले जनताको चाहना नहुँदानहुँदै स्वार्थी राजनीतिको कारण विदेशीको इशारामा हिन्दू राज्य हटाएको दावी गरे । उनले संविधानमा लेखिए पनि यसलाई राजनीतिमार्फत नै सुधार गर्नुपर्ने बताए । ‘राजनीतिले गरेको फोहर राजनीतिले नै सफा गर्नुपर्छ’ उनले भने ‘संविधानमा लेख्दैमा केही हुँदैन, यसलाई जनताले स्वीकारेका छैनन् ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...