कर्णालीमा चिकित्सक आन्दोलन; ओपीडी सेवा बन्द

Ansan jare xa

सुर्खेत । जुम्लामा अनशनरत प्रा.डा. गोविन्द केसीका मागप्रति ऐक्यबद्धता जनाउँदै कर्णाली प्रदेशका चिकित्सकले आन्दोलन सुरु गरेका छन् ।

नेपाल चिकित्सक संघका जुम्ला र सुर्खेत शाखाले सोमबार विज्ञप्तिमार्फत मंगलबारदेखि आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने जनाएका छन् ।

चिकित्सक संघले केसीले उठाएका माग ३ करोड नेपाली जनताको माग रहेको भन्दै तत्काल वार्तामार्फत समस्या समाधान गर्न माग गरेको छ ।

‘सरकारले डा. केसीका माग सम्बोधन गर्न बेवास्ता गरेको छ, विज्ञप्तिमा भनिएको छ, राजनीतिक पार्टीहरू माफियाको चंगुलमा फसेकाले डा. केसीको अनशनलाई राजनीतीकरण नगर्न अनुरोध छ ।’ चिकित्सक संघ सुर्खेतका अध्यक्ष नवराज केसीले प्रदेश राजधानी वीरेन्द्रनगरस्थित क्षेत्रीय अस्पतालमा पनि मंगलबारदेखि ओपीडी सेवा बन्द गर्ने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...