ठाकुर सर्वसम्मत चयन

Rjp

काठमाडौ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संसदीय दलको नेतामा सो पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर सर्वसम्मत चयन भएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको राजपा संसदीय दलको बैठकले उनीलाई संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन गरेको सो पार्टीका वरिष्ठ उपाध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिए ।

शुक्रबारको बैठकमा समसामयिक विषय र पार्टीको आगामी भूमिकाबारे छलफल भइरहेको पनि उनले जानकारी दिए ।

बैठकमा समसामयिक, राजनीतिक परिस्थिति र संसद्मा पार्टीको भूमिकालगायत विषयमा छलफल भइरहेको कर्णले जानकारी दिए । संसदीय दलको बैठक अहिले पनि जारी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...