डा. केसीका माग सम्बोधन गर्न सत्तारुढ दलकै नेताको आग्रह

Som pandey

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सोमप्रसाद पाण्डेले अनशनरत डा. गोविन्द केसीका माग पुरा गर्नुपर्ने बताएका छन् । उनले डा. केसीका जायज माग सरकारले पुरा गर्ने र केही माग भने परिमार्जन गर्नुपर्ने बताएका हुन् ।

रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा नेता पाण्डेले डा. केसीलाई अनशन तोडेर वार्तामा आउन सरकारले आग्रह गरेको बताए । उनले नेपाली विद्यार्थीहरू एमबिबिएस अध्ययन गर्न विदेश जाँदा करिब रु १५ अर्ब ५३ करोड राज्यबाट विदेशिएको अवस्थामा त्यसलाई रोक्न डा. केसीका केही माग बाधक रहेको बताए ।

नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले डा. केसीको सत्याग्रहमा कांग्रेसको नैतिक समर्थन रहेको बताउँदै सरकारले जस्ताको तस्तै पुरानो विधेयक ल्याएमा आफ्नो पार्टीले समर्थन गर्ने त्यसलाई तोडमोड गरेर ल्याए विरोध गर्ने बताए ।

राष्ट्रिय जनता पार्टी नेपालका नेता लक्ष्मणलाल कर्णले अनशनरत डा।केसीको जीवन रक्षाको माग गर्दै सरकारले जुम्लामा नै गएर वार्ता गर्नुपर्ने सुझाव दिए ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले अनशनरत डा केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएकाले सरकार संवेदनशील भई चाँडो वार्ता गर्न पहल गर्नुपर्नेमा जोड दिए ।

उनको जीवन रक्षाका लागि प्रधानमन्त्रीलाई संघले अवगत गराएको जानकारी दिँदै सरकारले डाक्टर केसीसँग वार्ता गर्न चाहेको भए संघले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...