कविता : अनगिन्ती यादहरु

Suman sinkhada

.................................................................................................................

बा’ले तिम्लाई शहरबाट नयाँ जामा किन्दिदा,
हतार हतार मलाई देखाउँदै भन्थ्यौ, हेरन कति राम्रो है !
अचेल
तिमी ठूली भएसी
तिम्ले किनेका रंगीचंगी सारीहरु
कसलाई देखाउँछ्यौ होला है !

लुकामारी खेल्दा
मैले तिमिलाई लगाएका अनगिन्ति ढ्यापहरु
आज तिम्ले मलाई ब्याजमा पठाएकी छौं
तिम्रा जामाका रंगहरु, तिम्रो थोते हाँसो
अनि हामीले सँगै बिताएको त्यो बालापनले
मलाई पटक पटक ढ्याप्प हानिराख्छ
र त म तिमिलाई खोज्न पटक पटक डुम बनिरहेछु ।

थाहा छ,
म तिमी जस्तो डुम बन्दा आँसु झारेर कैले रुन्न नि
तर
रोईदिन्छ कैलेकाही भित्री मन
मैले देखेको हाम्रो भविष्य तेस्तै कमजोर भैदियो ।

जस्तै
हामी सँगै मिलेर
तिम्रा सुन्ताला बारीमा बनाएका स साना घरका छाप्राहरु
बनाउँदा बनाउँदै भत्किन्थे
साच्चैं मेरो बालसखी,
तिमी मसँग नहुँदा नि
सधैं पठाउँछ्यौ तिम्रा अनगिन्ती यादहरु ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...