मोरक्कोमाथि इरानको अविश्वसनीय जित

Iran world cup

एजेन्सी । थपिएको समयमा आत्मघाती उपहार पाएपछि खेल अवधिभर दबाबमा रहेको इरानले मोरक्कोमाथि अविश्वसनीय जित हात पारेको छ।

समूह बीको पहिलो खेलको निर्धारित समयमा बराबरी भएपछि थपिएको समयमा इरानका खेलाडी इहसान हाजी साफीले प्रहार गरेको फ्रिकिक बचाउने क्रममा अजिज बोउहाडिजले आफ्नै पोस्टमा हेडिङ मार्फत गोल गरेका थिए।

उनी दोस्रो हाफका परिवर्तित खेलाडी थिए। अन्तिम समयमा उनका कारण टोली हार्नुपरेपछि उनी आशु झारेर रुएका थिए। विश्वकपमा १९९८ पछि इरानको यो पहिलो जित हो।

त्यसअघि समूह बी को खेलमा मोरक्कोले इरानमाथि पुरै अवधि भरि दबाब कायम गरेको थियो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...