सन् २०२६ को विश्वकप ३ देशले आयोजना गर्ने

Fifa 2026

काठमाडौं । २०२६ फिफा विश्वकप फुटबल प्रतियोगिता तीन वटा देशले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् ।

सन् २०२६ को विश्वकपमा ४८ देशको सहभागिता रहनेछ । प्रतियोगितामा ८० खेल हुनेछन् भने ३४ दिनसम्म चल्नेछ ।

सन् २०२६ मा १६ शहरमा विश्वकप हुनेछ । जसमा १० शहर अमेरिकामा हुनेछ। बाँकी ६ शहर क्यानडा र मेक्सिकोका हुनेछन् ।

अमेरिकामा ६० खेल हुनेछ । क्यानडा र मेक्सिकोले १०–१० खेल खेलाउनेछन् । फाइनल खेल न्युयोर्कको मेटलाइफ रंगशालमा हुनेछ। जहाँ विश्वकप ८४ हजार ९ सय ५३ दर्शक अटाउनेछन् ।

यसअघि नै फिफाका अध्यक्ष गियानी इन्फान्टिनोले २०२६ को विश्वकपमा सहभागि राष्ट्रको संख्या बढाउने बताएका थिए । सन् २०२२ को विश्वकप फुटबलको आयोजना भने कतारले गर्नेछ ।

रसियाको मस्कोमा बुधबार बसेको अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को ६८औं कांग्रेसले उत्तर अमेरिका राष्ट्रहरु संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले आयोजनाका लागि गरेको दाबीमा भोटिङ गरेको हो ।

यसअघि मेक्सिकोले सन् १९७० र १९८६ मा तथा अमेरिकाले सन् १९९४ मा विश्वकप आयोजना गरेको थियो । क्यानडाले भने सन् २०१५ मा महिला विश्वकप आयोजना गरेको थियो।

त्यसअघि सन् २०२२ मा कतारमा विश्वकप फुटबल प्रतियोगिता आयोजना हुँदै छ । कतारमा भने ३२ टिमबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...