सदस्य–सचिव र कोरियाली राजदूतबीच भेटघाट

Rajdut bista vet

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट र नेपालका लागि उत्तर कोरियाली राजदूत किम योङ हाकबीच भेटघाट भएको छ ।

बुधबार त्रिपुरेश्वरस्थित राखेपमा भएको भेटमा सदस्य–सचिव विष्टले उत्तर कोरियासँग आईटीएफ तेक्वान्दोसँग खेलकुदमा सहकार्य भइरहेको बताउँदै आगामी दिनमा अन्य खेलमा पनि सहकार्यको वातावरण बनाउन राजदूत किमलाई आग्रह गरेका थिए ।

हाल आईटीएफ तेक्वान्दो खेलाडीलाई प्रशिक्षण दिन उत्तर कोरियाली प्रशिक्षक तीन महिनाका लागि नेपालमा छन् । उत्तर कोरियाली प्रशिक्षकको अवधि जुलाई २० तारिखमा सकिँदैछ ।

राजदूत किमले खेलकुदमा सहयोग आदान प्रदान गर्ने सम्बन्धमा दुई पक्षीय सम्झौता गर्न सदस्य–सचिव विष्टलाई उत्तर कोरियाका भ्रमणका लागि निम्ता दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...