गर्भपतन सेवा लिन आउनेको संख्या वर्षेनी बढ्दै

Helth

ललितपुर । लुभुस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा गर्भपतन सेवा लिन आउनेको संख्या वर्षेनी बढिरहेको छ ।

आर्थिक वर्ष २०७३/७४ मा जम्मा ५४ जना महिलाले गर्भपतन गराएको केन्द्रले जनाएको छ । अहिले संख्या त्योभन्दा बढिरहेको केन्द्रमा कार्यरत हेल्थ असिस्टेण्ट अर्जुन लाबदले बताए । उनले भने, ‘अहिले नै ६० नाघिसकेको छ र यो संख्या अझै बढ्न सक्नेछ ।’

स्वास्थ्य संस्था र गर्भपतन गराउन दक्ष जनशक्ति दुबै सूचीकृत भएपछि केन्द्रले गर्भपतन सेवा शुरु गरेको हो । केन्द्रमा औषधिबाट र सर्जिकल गरेर दुबै खालका गर्भपतन सेवा उपलब्ध छ । ९ हप्तासम्मको गर्भ औषधिबाट र ९ हप्तादेखि १२ हप्तासम्मको गर्भपतन सर्जनबाट मेसिनबाट गर्ने लाबद बताउँछन् ।

९ हप्ता भन्दा कममा पनि महिलाले चाहदा मेसिनको प्रयोगबाट गर्भपतन हुन्छ । उनी भन्छन्, ‘औषधिको प्रयोग गर्दा एक मात्रा स्वास्थ्य संस्थामा प्रयोग गरेर बाँकी घरमा नै गर्न हुने भएकाले महिलाले औषधि नै रुचाउँछन् ।’

हाडनाता करणी, बच्चा जन्मदा आमाको स्वास्थ्यलाई असर पर्नेलगायतका अवस्थामा मात्रै १२ हप्तादेखि १८ हप्तासम्मको संस्थागत क्लिनिकहरुले गर्भपतन सेवा दिइरहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...