पूर्व मेसुलाई ३ महिना जेल सांढे ३३ लाख जरिवाना

भरतपुर अस्पतालमा भ्रष्टाचार

Bhurtel

चितवन । भरतपुर अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट डा केशवराज भूर्तेल भ्रष्टाचारी ठहर भएका छन्।

भूर्तेलले अस्पतालको मेसु रहँदा पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको ठहर विशेष अदालतले गरेको हो । विशेषले बुधबार गरेको फैसलामा डा भूर्तेललाई ३ महिना कैद, ३३ लाख ५६ हजार ९ सय ५ रुपैयाँ जरिवाना र सोही बराबर विगो भराउनुपर्ने फैसला समेत सुनाएको छ ।

पदमा रहँदा भूर्तेलले आर्जन गरेको सम्पत्तिमध्ये ३४ लाखको स्रोत खुल्न नसकेको भन्दै फैसला सुनाएको हो । भूर्तेलको उक्त बिगो सम्पत्तिबाट भराउन पनि फैसला भनिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूर्तेल विरुद्ध २०७२ फागुन ११ मा विशेषमा मुद्दा दायर गरेको थियो।

भूर्तेलले अस्पताल भवन निर्माण गर्ने ठेकेदारसँग रकम असुल गरी कच्ची भवन बनाएको, स्टोरमा हुने सामान र उपकरण खरिदमा नाजायज फाइदा लिएको, कलेजको जग्गा भाडामा दिई व्यक्तिगत फाइदा लिँदै अस्पताललाई नोक्सानी गराएको, आफ्नो सेयर रहेको मौलाकालिका अस्पतालमा पाठेघरको अपरेसनमा गैरकानुनीरुपमा रकम असुल गरेको अख्तियारको आरोप थियो ।

अख्तियारले भरतपुर अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा भूर्तेल विरुद्ध दुई करोड ६३ लाख ५२ हजार ६ सय ६८ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको थियो । तर, विशेषले करिब ३४ लाखको मात्र स्रोत पुष्टि हुन नसकेको विशेषको फैसलामा उल्लेख छ ।

अख्तियारले डा भूर्तेलकी श्रीमती रुक्मणी भूर्तेलको नाममा समेत चल–अचल सम्पत्ति रहेको पाइएको भन्दै श्रीमतीलाई समेत विपक्षी बनाएको थियो । विशेषले श्रीमतीलाई भने सफाइ दिएको छ ।

उमेर हदका कारण अवकासको नजिक पुगेका डा. भुर्तेल अहिले निजी अस्पताल मौलाकालिकामा काम गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...