के के काम गर्दैछन् युवा तथा खेलकूद मन्त्री विश्वकर्मा सय दिनमा ?
काठमाडौँ । युवा तथा खेलकूद मन्त्री जगतप्रसाद विश्वकर्माले एक सय दिनको आफ्नो योजना सार्वजनिक गरेका छन् । आज मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी उनले आफूले एक सय दिनमा गर्ने ३७ वटा कार्यको विवरण सार्वजनिक गरेका हुन् ।
ती काम आफूले एक सय दिनमा पूरा गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । लोकप्रियतालाई नभई काम गर्ने उद्देश्यले नै एक सय दिनमा गर्न सक्ने काममात्र आफूले सार्वजनिक गरेको र यसले खेल क्षेत्रमा आशा जगाउने उनको भनाइ थियो ।
उनले खेलाडी र खेलकूदको हितका लागि निजी क्षेत्रको पनि सहयोग लिँदै वैदेशिक लगानी भित्र्याउने तयारी गरिएको जानकारी गराए ।
नेपाल क्रिकेट संघ (क्यान) र मूलपानी क्रिकेट मैदानको जग्गासम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता पनि उनको छ मन्त्रालयका सचिव महेशप्रसाद आचार्यले एक खेल एक संघको अवधारणा ल्याउन लागिएको बताए ।
राष्ट्रिय खेलकूद परिषद्मा अहिले १८६ संघ दर्ता छन्
कार्य योजनामा मन्त्रालयको संगठन पुनःसंरचना, हाई अल्टिच्यूट स्पोर्टस्को अध्ययन, खेलकूदका राष्ट्रिय संघहरुको अभिलेख राख्ने, राष्ट्रिय खेलकूद नीति २०६७ परिमार्जन गर्ने, १२ वर्षे खेलकूद गुरुयोजना तर्जुमा गर्ने, पोखरा, तुल्सीपुर र इटहरीलाई स्पोर्टस् सिटीका रुपमा विकास गर्नेलगायतका विषय रहेका छन् ।
यस्तै, खेल प्रशिक्षक नभएको जिल्लामा कम्तीमा एकजना खेल प्रशिक्षकको व्यवस्था गर्ने, दशरथ रंगशाला परिसरमा खेलकूद अस्पताल निर्माणको शुरुआत गर्ने, प्रादेशिक रंगशालाको निर्माण गर्ने, सन् २०१९ मा हुने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने, काठमाडाँै उपत्यकाभित्र अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणका लागि आवश्यक पर्ने जग्गाको पहिचान गर्ने, युवा संसद् अभ्यासको तयारी गरिने, १६५ निर्वाचन क्षेत्रमा युवा उद्यम कार्यक्रम सञ्चालन गर्नेलगायतका योजना रहेका छन् ।
सम्बन्धित समाचार
साफ वुमन्स च्याम्पियनसीप : श्रीलंकाविरुद्ध नेपालको ६ गोल, दोस्रो सेमिफाइनलमा नेपाल र भारत भिड्ने
काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह बी को अन्तिम खेलमा श्रीलंकालाई पराजित गर्दै घरेल...
फुटबलको प्रतिष्ठित अवार्ड बेलुन डो अरको मनोनयन सार्बजनिक, को को परे ?
काठमाडौँ । विश्व फुटबलको प्रतिष्ठित अवार्ड बेलुन डो अरको २०२४ को मनोनयन सार्बजनिक गरिएको छ । फ्र...
नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने पलेशाको कर नकाटीने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने खेलाड...
नेपाललाई पहिलोपटक पदक दिलाउने पलेसालाई गरियो नगरपरिक्रमा (फोटो फिचर)
काठमाडौं । पेरिस पारालिम्पिक्सअन्तर्गत पारा तेक्वान्दोमा नेपाललाई पहिलोपटक पदक ९काँस्य० दिलाउने प...
साफ यू–२० च्याम्पियनसिप : घरेलु मैदानमा नेपाल स्तब्ध, बंगलादेशले उचाल्यो ट्रफी
काठमाडौं । बंगलादेशी टोलीले नेपाल आएर चौथो पटक उपाधि जितेर उत्साही बनेको को छ । दुई पटकको च्याम्प...
गोलकिपर जियारथ शेख चम्किदाँ नेपाल पुग्यो साफ यु -२० च्याम्पियनसिपको फाइनलमा
काठमाडौं । नेपालले भुटानलाई टाई ब्रेकरमा हराउँदै नेपाल यू -२० साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश ...
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा
काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...
प्रतिकृया दिनुहोस