डिपिएल क्रिकेट : काठमाडौँ गोल्डेन्सद्वारा रुपन्देही च्यालेन्जर्स पराजित
धनगढी । कैलालीको धनगढीमा जारी धनगढी प्रिमियर लिग (डिपिएल)अन्तर्गत आजको दोस्रो खेलमा काठमाडौँ गाल्डेन्सले रुपन्देही च्यालेन्जर्सलाई ६३ रनले पराजित गरेको छ ।
संघीय प्रहरी एकाइ कार्यालय धनगढीको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको काठमाडौँ गोल्डेन्सले निर्धारित २० ओभरको खेलमा चार विकेट गुमाई १८६ रन बनायो । एक सय ८७ रनको विजयी लक्ष्य पछ्याएको रुपन्देही च्यालेन्जर्स १८ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १२३ रनमा समेटियो ।
काठमाडौँ गोल्डेन्सका लागि सन्नी पटेलले अविजित ४८ रन बनाए । उनले १९ बलमा तीन छक्का र पाँच चौका हाने । सुबोथ भाटीले ४२ रन बनाए । उनले २५ बलको सामना गर्दै चार छक्का र तीन चौका प्रहार गरे । यस्तै नरेश बुढाऐरले अविजित ३० रनको योगदान दिए । उनले १८ बलमा दुई छक्का र दुई चौका हाने । अमित श्रेष्ठले ३०, कप्तान ज्ञानेन्द्र मल्लले २० र भूपेन्द्र थापाले १४ रन बनाए । बलिङतर्फ रुपन्देही च्यालेन्जर्सका अमरसिंह रौटेला, विक्रम भुसाल र सुफायन मेहमुदले एक एक विकेट लिए ।
रुपन्देही च्यालेन्जर्सका प्रारम्भिक ब्याट्सम्यान प्रदीप ऐरी र सागर पुनले आठ दशमलव चार ओभर खैल्दै ७१ रनको साझेदारी गरे पनि आफ्नो टोलीलाई जीत दिलाउन भने सकेनन् । ऐरीले विष्फोटक पारी खेल्दै ५७ रन बनाए । उनले ४१ बलको सामना गर्दै पाँच छक्का र पाँच चौका प्रहार गरे । पुनले १४ रन बनाए । दीपक प्रसादले १० रन बनाए ।
बलिङतर्फ काठमाडौँ गोल्डेन्सका रशिद खानले चार विकेट लिए । उनले २ दशमलव ४ ओभर बलिङ गर्दै ६ रन दिए । ललितनारायण राजवंशीले चार ओभरमा १९ रन दिँदै तीन विकेट लिए । यस्तै शाहव आलमले दुई तथा सन्नी पटेलले एक विकेट लिए । काठमाडौँ गोल्डेन्सका सन्नी पटेल ‘प्लेयर अफ द म्याच’ भए । उनले रु १० हजार पुरस्कार प्राप्त गरे ।
सम्बन्धित समाचार
साफ वुमन्स च्याम्पियनसीप : श्रीलंकाविरुद्ध नेपालको ६ गोल, दोस्रो सेमिफाइनलमा नेपाल र भारत भिड्ने
काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह बी को अन्तिम खेलमा श्रीलंकालाई पराजित गर्दै घरेल...
फुटबलको प्रतिष्ठित अवार्ड बेलुन डो अरको मनोनयन सार्बजनिक, को को परे ?
काठमाडौँ । विश्व फुटबलको प्रतिष्ठित अवार्ड बेलुन डो अरको २०२४ को मनोनयन सार्बजनिक गरिएको छ । फ्र...
नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने पलेशाको कर नकाटीने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने खेलाड...
नेपाललाई पहिलोपटक पदक दिलाउने पलेसालाई गरियो नगरपरिक्रमा (फोटो फिचर)
काठमाडौं । पेरिस पारालिम्पिक्सअन्तर्गत पारा तेक्वान्दोमा नेपाललाई पहिलोपटक पदक ९काँस्य० दिलाउने प...
साफ यू–२० च्याम्पियनसिप : घरेलु मैदानमा नेपाल स्तब्ध, बंगलादेशले उचाल्यो ट्रफी
काठमाडौं । बंगलादेशी टोलीले नेपाल आएर चौथो पटक उपाधि जितेर उत्साही बनेको को छ । दुई पटकको च्याम्प...
गोलकिपर जियारथ शेख चम्किदाँ नेपाल पुग्यो साफ यु -२० च्याम्पियनसिपको फाइनलमा
काठमाडौं । नेपालले भुटानलाई टाई ब्रेकरमा हराउँदै नेपाल यू -२० साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश ...
आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?
काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...
प्रतिकृया दिनुहोस