पोखरामा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गरिने : मन्त्री विश्वकर्मा

Jagat bisw

पोखरा । युवा तथा खेलकूद मन्त्री जगत विश्वकर्माले पोखरामा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सुविधासम्पन्न रङ्गशाला निर्माण गरिने बताए ।
नेपाल खेलकूद पत्रकार मञ्च कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले पोखराको पर्यटकीय सम्भावनालाई खेलसँग पनि जोड्न सकिने बताए ।

खेलाडीलाई खेल खेलेरै जीविकोपार्जन गर्न सक्ने अवस्थाको सिर्जना नहुँदासम्म खेल क्षेत्रले राम्रो गति प्राप्त गर्न नसक्ने उनको भनाइ छ ।

पर्याप्त वातावरण नहुँदा पनि नेपाली क्रिकेट खेलाडीले महत्वपूर्ण सफलता हासिल गरेको बताउँदै उनले यसको विकासका लागि व्यवस्थित क्रिकेट मैदान बनाइने उल्लेख गरे ।

सन् २०१९ मा हुने दक्षिण एशियाली खेलकूद सागलाई सम्पन्न गर्ने विषय राज्यको गरिमासँग जोडिएको बताउँदै उनले त्यसका लागि आवश्यक भौतिक संरचना निर्माणलाई अघि बढाइएको छ भने ।

आगामी बजेटले खेललाई प्राथमिकता दिने बताउँदै मन्त्री विश्वकर्माले युवा सशक्तीकरणका कार्यक्रमलाई पनि अघि बढाउने उल्लेख गरे ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...