नेपाल केन्या विरुद्ध फिल्डिङ गर्दै

Nepal vs keniya

काठमाडौँ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको आफ्नो चौथो खेलमा नेपाल केन्या विरुद्ध अहिले टस जितेर फिल्डिङ गरिरहेको छ ।

नामिबियाको विन्डहक खेल मैदानमा नेपाल विजयी लक्ष्यका साथ केन्याको सामना गर्दैछ । नेपालले यसअघि खेलेका तीन खेलमा दुई खेलमा जित तथा एक खेलमा हार बेहोरेको छ ।

नेपालले नामिबिया र संयुक्त अरब इमिरेट्स युएईलाई पराजित गरेको थियो भने ओमानसँग हार बेहोरेको छ । जारी प्रतियोगितामा नेपाल चार अंकसहित दोस्रो स्थानमा छ । दुई खेल खेलेको केन्या दुवै खेलमा हार बेर्होदै अंकविहीन छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला सम्पन्न, सर्जकको चासो बढ्दै

Chiyasang kabita 9 1

धनकुटा । चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला आज धनकुटामा सम्पन्न भएको छ । धनकुटाकै पहिलो सा...