प्रदेश २ को संसदीय दलका नेता छान्ने तयारी, राजपाको बैठक बस्दै

Ra ja pa nepal

धनुषा । प्रदेश २ को संसदीय दलका नेता छान्नका लागि राष्ट्रिय जनता पार्टी राजपा नेपालको बैठक आज जनकपुरमा बस्दैछ ।

बैठकमा पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसहित पाँचवटै सदस्य र राजपा नेपालबाट प्रत्यक्ष एंव सामानुपातिकतर्फका प्रदेशसभा सदस्यसहित ३१ जनाको सहभागिता रहनेछ ।

आजै सर्वसम्मतबाट संसदीय दलको नेता चयन गर्ने सम्भावना रहेको राजपाका नेता प्रमोद साहले बताए । साहका अनुसार भोलि प्रदेश २ को पहिलो बैठक बस्ने भएकाले संसदीय दलका नेता छान्नु नै आजको बैठकको मुख्य कार्यभार रहेको छ ।

बैठकमा संसदीय दलका नेताका लागि राजपाका जीतेन्द्र सोनल, नवल किशोर साह, मनिष सुमन र राम नरेश रायको नाम चर्चामा रहेका छन् । तर अहिले नै भनी हाल्ने अवस्था न रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...