ब्याडमिन्टनको उपाधि चन्द र धामीको जोडीलाई

Badmintion

कञ्चनपुर । कञ्चनपुरका भरतबहादुर चन्द र दिलबहादुर धामीको जोडीले ५१ हजार धनराशिको ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् ।

कैलालीको जानकी गाउँपालिकाले दुर्गौलीमा आयोजना गरेको प्रतियोगितामा चन्द र धामीको जोडीले फाइनलमा नेपालगञ्जका इरफान अन्सारी र रियाज अन्सारीको जोडीलाई पराजित गरेको हो ।

पहिलो सेट अन्सारीद्वयको जोडीले २१–१० ले जित्दै अग्रता लिए पनि दोस्रो र तेस्रो सेटमा चन्द र धामीको जोडीले २१–१२ र २१–१५ ले जित निकाल्दै उपाधि जितेको हो । उपाधि विजेताद्वयलाई जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले रु ५१ हजार नगद, ट्रफी र प्रमाणपत्रले पुरस्कृत गरे ।

प्रतियोगितामा दोस्रो भएका इरफान र रियाजको जोडीले २५ हजार पुरस्कार प्राप्त गरे । प्रतियोगितामा ४२ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडी कञ्चनपुरकै दिलबहादुर धामी घोषित भए । चन्द र धामीको जोडीले केही दिनअघि कैलालीकै गौरीगंगामा आयोजना गरिएको ब्याडमिन्टन प्रतियोगितामा २१ हजार धनराशिको उपाधि जितेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...