एनएनआइपिए स्पोर्टस् अवार्ड

Npl

काठमाडौँ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ एनएनआइपिएले प्रदान गर्ने एनएनआइपिए स्पोर्टस् अवार्ड यसै महिना हुने भएको छ ।

यही माघ २७ गते टोखामा आयोजना हुने उक्त अवार्ड कार्यक्रममा विभिन्न विधाका ३५ खेलका खेलाडीलाई वर्ष खेलाडीबाट सम्मान गरिने एनएनआइपिएद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए ।

फुटबल, क्रिकेट, कराँते, भारोत्तोलन, पौडी, जिमन्यास्टिक, बास्केटबल, ह्याण्डबल, हक्की, जुडो, आर्चरी, सुटिङ, कुस्ती, लन टेनिस, सफ्ट टेनिस, टेबल टेनिस, कबड्डी, तेक्वान्दो, उसु, बक्सिङ र एथलेटिक्स खेलका खेलाडीलाई सम्मान गरिनेछ ।

त्यसैगरी चेस, साइक्लिङ, स्क्वास, ट्राइथलन, खोखो, भलिबल, स्नुकर एण्ड बिलियार्ड, फेन्सिङ शारीरिक सुगठन, ब्याडमिन्टन, सेपाकताक्रो, फुल कन्ट्याक्ट कराते, आइटिएफ तेक्वान्दो र गल्फ खेलका खेलाडी सम्मानित हुनेछन् ।

सम्मानित हुने प्रप्येक विधाका खेलाडीलाई जनही १० हजार प्रदान गर्ने आयोजकले जनाएको छ । त्यसैगरी पहिलो अन्तर्राष्ट्रिय सहभागिता जाउने धावक गजराज जोशीका नाममा रहेको गजराज जोशी आदर्श सम्मान यस पटक पनि समावेश गरिएको उक्त पत्रकार सम्मेलनमा जानकारी दिइयो ।  २५ हजार पुरस्कार राशि भएको उक्त सम्मान गजराज जोशी ट्रष्टले प्रदान गर्दै आएको छ ।

गजराजले भारतमा सन् १९५१ मा भएको एशियाली खेलकुदमा नेपालको तर्फबाट सहभागिता जनाएका थिए । जुन नेपालको पहिलो अन्तर्राष्ट्रिय सहभागिता थियो । यस पटकदेखि एकजना खेलकुद पत्रकारलाई पनि एनएनआइपिएल पत्रकारिता पुरस्कारबाट सम्मान गर्ने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...