सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग शिल्ड प्रतियोगिता २०७४ सम्पन्न

2

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय स्वयम्भू हल्चोकमा यही माघ २ गतेदेखि संचालन भएको ‘सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग शिल्ड प्रतियोगिता २०७४’ सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठले माघ ६ गते एक कार्यक्रमका बीच प्रतियोगितामा सर्वप्रथम हुन सफल भएका टिम तथा खेलाडीहरुलाई रनिङ्ग शिल्ड प्रदान गरे । प्रतियोगितामा फुटबलतर्फ खेलमा बराह बाहिनी टिम र भलिबलतर्फको खेलमा मुक्तिनाथ बाहिनी टिमले प्रथम स्थान हासिल गरेका छन् ।

आजै सम्पन्न फुटबलतर्फको फाइनल खेलमा बराह बाहिनी टिम र रुद्र बाहिनी टिम बीच भएको खेल निर्धारित समयमा एक एकको बराबरी पछि ट्राईव्रेकरमा ४–३ को गोल अन्तरले बराह बाहिनी टिम प्रतियोगितमा सर्वप्रथम हुन सफल भएको हो ।

भलिबलतर्फको फाइनल खेलमा मुक्तिनाथ बाहिनी टिमले बराह बाहिनीको टिमलाई २५–२२, २५–१२, १९–२५ र २५–१८ को स्कोरले पराजित गरि प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको छ ।
यसैगरी प्रतियोगितामा फुटबलतर्फ मुक्तिनाथ बाहिनी टिमले बैद्यनाथ बाहिनी टिमलाई ३–२ को गोल अन्तरले पराजित गरी तृतीय स्थान हासिल गर्न सफल भएको छ । सशस्त्र प्रहरी बल नेपाल केन्द्रिय खेलकुद समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनालले खेलकुद प्रतियोगिता सम्पन्न गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने रेफ्री तथा अफिसियलहरुलाई मायाको चिनो प्रदान गरे ।

विजयी खेलाडीहरुलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनाल तथा अखिल नेपाल फुटबल संघका अध्यक्ष नरेन्द्र श्रेष्ठ र नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन शर्माले समेत पुरस्कार वितरण गरे ।

फुटबल तथा भलिबल खेल समावेश गरिएको उक्त प्रतियोगितामा काठमाडौं उपत्यकास्थित महानगरीय सशस्त्र प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको ५ वटा बाहिनी गरी कूल ६/६ वटा टिमको सहभागिता रहेको थियो ।



 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...