राष्ट्रिय एथलेटिक्स प्रतियोगिता शुरु

Gm

इटहरी । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले नेपाल एथलेटिक्स संघको आयोजना तथा मोरङ एथलेटिक्स संघको संयोजनमा इटहरीको स्पोर्टस् सिटी मैदानमा भएको राखेप च्याम्पियनसिप ४२औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको आज उद्घाटन गरेका छन् ।

नेपालका तत्कालीन पाँच विकास क्षेत्र एवं तीन विभागीय टोली नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकसहित १८७ एथलेटिक्स खेलाडीको प्रतियोगितामा सहभागिता छ ।

झण्डै ५० जना ओलम्पियनसहित प्रशिक्षक र निर्णायकसमेतको सहभागितामा तीनदिने प्रतियोगिताको उद्घाटन समारोहमा सदस्य सचिव विष्टले सरकारले नेपाली खेलको विकासमा विशेष चासोसहित बजेट विनियोजनमा सक्रियता देखाउँदै आएको बताउँदै देशमा नै सर्वाधिक पुरस्कार राशिको मदन भण्डारी अन्तरराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल खेल पनि इटहरीको रङ्गशालामा हुन लागेको जानकारी दिए ।

उक्त प्रतियोगिताअन्तर्गत १सय, २ सय, ४ सय, १० हजार मिटरलगायत अन्य दूरीका दौड तथा हाइजम्प, लङ्जम्प, त्रिपलजम्प, ज्याब्लिङ थ्रो, ह्याम्वरस थ्रो, सटपुटलगायत खेल हुने बताइएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...