इपिएल क्रिकेट भैरहवा फाइलनमा
काठमाडौँ । एभरेष्ट प्रिमियर लिग इपिएल टी–ट्वन्टी क्रिकेट प्रतियोगितामा भैरहवा ग्ल्याडियटर्स ललितपुर प्याट्रियट्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको क्वालिफायर्सको दोस्रो खेलमा भैरहवाले ललितपुरलाई ३ विकेट हराउँदै फाइनलमा विराटनगरसँगको भेट पक्का गरेको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ललितपुरले भैरहवालाई १३३ रनको लक्ष्य दिएको थियो । जवाफमा भैरहवाले १९ दशमलव ३ ओभरमा ७ विकेट गुमाएर पूरा ग¥यो ।
भैरहवाको जीतमा प्रथम सालुङ्गेले सर्वाधिक ३२ रनको योगदान दिए भने रोहितकुमार पौडेलले २८, भूपेन्द्र थापाले १९ तथा पुनित मेहराले १४ रन जोडे । त्यसैगरी राहुल यादव र कप्तान शरद भेषवाकारले ९–९ रन जोडे भने आरिफ शेखले ६ तथा प्रदीप ऐरीले ५ रन जोडे ।
ललितपुरका पवन सर्राफ र ललितनारायण राजवंशीले २–२ विकेट लिए भने सन्दीप लामिछाने र रसिद खानले १–१ विकेट झारे । यता ललितपुरले २० पूरा खेल्दै ६ विकेटको क्षतिमा १३२ रन जोडेको थियो । ललितपुरका लागि जयकिसन कोल्सावालाले सर्वाधिक ४२ रनको योगदान दिए भने सन्नी पटेल २४, दीपेश भण्डारी २२, कप्तान ज्ञानेन्द्र मल्ल २०, शंकर राना १२ तथा सोनु तामाङले १० रन जोडे ।
भैरहवाका पुनितले २ विकेट लिए भने हरिशंखर शाह, आरिफ शेख र भुवन कार्कीले १–१ विकेट हात पारे । शनिबार हुने फाइनल खेलमा विजेता टोलीले २१ लाख प्राप्त गर्नेछ ।
प्रतिकृया दिनुहोस