विराटनगर फाइनलमा
काठमाडौँ । विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग इपिएल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगरले भैरहवा ग्लाडियटर्सलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।
टस हारेर ब्याटिङ गरेको भैरहवाले विराटनगरलाई १२८ रनको लक्ष्य दिएको थियो । जवाफमा विराटनगरले १७.२ ओभरमा दुई विकेटको क्षतिमा पूरा ग¥यो । विराटनगरका लागि बाबर हायतले सर्वाधिक ६२ रन बनाए । उनले ४४ बल खेल्दै ५ छक्का र ४ चौका प्रहार गरे । कप्तान पारस खड्काले अविजित ४१ रन तथा अंशुमान राथले अविजित २६ रन बनाए ।
बलिङतर्फ भैरहवाका पुनित मेहरा र हरिशंकर शाहले एक/एक विकेट लिए । यसअघि ब्याटिङ गर्दै भैरहवाले २० ओभर पूरै खेल्दै आठ विकेटको क्षतिमा १२७ रन बनायो । उसका लागि पुनित मेहराले ४९ तथा आरिफ शेखले ४६ रन बनाए ।
बलिङतर्फ विराटनगरका शहान आदिसा आपुहामी र करन केसीले २/२ विकेट लिए भने पारस खड्का, अविनाश कर्ण र वसन्त रेग्मीले एक/एक विकेट लिए । विराटनगरका बाबर हायत खेलको म्यान अफ दि म्याच घोषित भए । उनले १० हजार प्राप्त गरे ।
प्रतिकृया दिनुहोस