१२० दिने ‘मार्सल आर्ट प्रशिक्षण सम्पन्न

Pic

काठमाडौं । नेपालमा पहिलोपलक आयोजना गरिएको १२० दिने मार्सल आर्टस् नेतृत्व कौशल तथा शान्ति अध्ययन विषयक प्रशिक्षण कार्यक्रम समापन भएको छ ।

तङ्ग इल मोदो संघ नेपाल (एकीकृत मार्सल आर्ट) को आयोजनामा गत भदौं ११ देखि सञ्चालन भएको प्रशिक्षणको पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समापन गरेका थिए ।

विश्व शान्ति तथा एकिकृत परिवार संघ नेपालको राष्ट्रिय तालिम केन्द्र जोरपाटीमा सञ्चालन भएको सो प्रशिक्षणको समापनमा पूर्व प्रधानमन्त्री नेपालले तङ्ग इल मोदो मार्सल आर्टको नयाँ संस्करण भएको बताए । उनले नेपालमा यसले छुटै पहिचान बनाएको पनि बताए ।

नेपालले खेलको माध्यमबाट भातृत्वको विकास गरिने तथा समाजमा शान्ति स्थापनामा पनि महत्वपूर्ण योगदान रहेने चर्चा गरे । खेल लगायतजुन सुकै क्षेत्रमा पनि जित र हार एक सिक्काका दुई पाटा भएको बताउँदै हारबाट नआत्तिन र जितबाट नमात्तिन सबैलाई आग्रह गरे ।

सो अवसरमा युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरीले १२० दिने तालिमले खेलाडीले सिकेको सिप राष्ट्रको सम्पति रहेको बताए ।

पूर्वमन्त्री एकनाथ ढकालले खेलको माध्यमबाट युवा वर्गमा नैतिक शिक्षा दिन तङ्ग–इल मो–दो सफल भएको बताए । उनले खेलको माध्यमबाट शान्ति स्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले खेलाडीहरूलाई समाजप्रति आफ्नो जिम्मेवारी बोध गराउ र नैतिकवान बनाउन प्रशिक्षणले महत्वपूर्ण भूमिका खेलेको बताए ।

समापनमा विश्व तङ्ग–इल मो–दो संघका अध्यक्ष ग्रान्ड मास्टर डा. जुनहो सुक, युपीएफ एशिया प्यासेपिकका अध्यक्ष डा. चङ्गसिक योङ्ग विश्वतङ्ग–इल मो–दो संघका महासचिव एवम् तङ्ग–इल मो–दो संघ अन्तर्राष्ट्रिय उपाध्यक्ष मास्टर काकामित्सु होसिको, एशिया तङ्ग–इल मो–दो संघका अध्यक्ष मास्टर भेनुस अगस्टिन लगायतले खेलको माध्यबाट समाजमा सद्भाव कायम राख्न मद्धत पुग्ने बताएका थिए ।

प्रशिक्षणमा प ७५ जना युवायुवतीहरुको सहभागिता थियो । तङ्ग इल मोदो संघ नेपालका अध्यक्ष सन्तोषकुमार पौडेलको अध्यक्षता भएको कार्यक्रमको संञ्चालन काशीनाथ खनालले गरेका थिए । सन् २००५ मा नेपालमा भित्रिएको यो खेल अहिले नेपालका अधिकांश जिल्लामा खेलिन्छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटा सदरमुकाम नजिकैको वनमा भीषण आगलागी, धनकुटा बजार नजिकका वस्ती जोखिममा

Dkt ban dadelo

धनकुटा । धनकुटा नगरपालिका वडा नं. ५ र ७ को सामुदायीक वनमा भीषण आगलागी भएको छ । आज दिउँसोदेखि धनकु...