नेपाली खेलाडीलाई २ स्वर्ण

Image 2

सोलुखुम्बु । वल्र्ड मार्सल आर्ट पिस कप २०१७ मा सहभागी भएको नेपाली टोलीले दुई स्वर्ण पदकसहित तीन रजत पदक प्राप्त गर्न सफल भएको छ ।

मार्सल सेल्फ डिफेन्स इन्टरनेशनल एशोसिएसन पोर्चुगलको आयोजनामा मोरक्कोमा सम्पन्न प्रतियोगितामा सोलुखुम्बुका अर्जुन रोक्काले दुईवटा स्वर्ण पदक हात पारेका मोरक्कोबाट नेपाल मार्सल सेल्फ डिफेन्स संघ, नेपालका केन्द्रीय अध्यक्ष डिवी रानापालले जानकारी दिए ।

यस्तै, सञ्जु महर्जनले दुईवटा रजत पदक र ङवाङ केशाङ लामाले पनि एक रजत पदक प्राप्त गर्न सफल भएका छन् ।

नेपाल मार्सल सेल्फ डिफेन्स संघ नेपालका केन्द्रीय अध्यक्ष डिवी रानापाल, प्रथम उपाध्यक्ष नुतन श्रेष्ठ, नेपालका शाखा प्रमुख वाङ्जु तामाङसहित सातजनाको टोली बुधबार स्वदेश फर्कंदैछ ।

खेलाडी टोली गत मंसिर २७ गते मोरक्कोतर्फ प्रस्थान गरेको थियो । टोलीलाई राखेपका सदस्य सचिव केशवकुमार विष्टले बिदाइ गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटा सदरमुकाम नजिकैको वनमा भीषण आगलागी, धनकुटा बजार नजिकका वस्ती जोखिममा

Dkt ban dadelo

धनकुटा । धनकुटा नगरपालिका वडा नं. ५ र ७ को सामुदायीक वनमा भीषण आगलागी भएको छ । आज दिउँसोदेखि धनकु...