साफ च्यापियनसिप फुटबल बंगलादेशमा

Bharat

काठमाडौँ । दक्षिण एसियाली फुटबल महासंघ साफ को आयोजनामा हुने साफ च्याम्पियनसिप फुटबल आगामी वर्ष बंगलादेशमा सञ्चालन हुने भएको छ ।

दक्षिण एसियाली राष्ट्रबीच हुने उक्त च्याम्प्पियनसिप प्रतियोगिता बंगालादेशको ढाकामा आगामी सेप्टेम्बर ४ देखि १५ तारिखसम्म हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको ।

हरेक २/२ वर्षमा आयोजना हुने भनिएको उक्त प्रतियोगिता यसै महिनामा सञ्चालन गर्ने सन् २०१६ मै निर्णय भए पनि साफले खेलको मिति परिवर्तन गरेको हो ।

भारतमा सन् २०१५ मा भएको ११औँ साफ च्याम्पियनसिपपछि करिब एक वर्ष ढिला गरी प्रतियोगिता आयोजना हुनलागेको छ ।

प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान, पाकिस्तान र माल्दिभ्सले प्रतिस्पर्धा गर्नेछन् । बंगलादेशमा आयोजना हुन लागेको उक्त प्रतियोगिता यो तेस्रो पटक हो । यसअघि सन् २००३ र २००९ मा बंगलादेशले सो प्रतियोगिता आयोजना गरेको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...