हुम्लामा तारा एयरको विमान दुर्घटना, ३ घाइते

Tara airline

हुम्ला । तारा एयरको एन–एबिएम कलसाइनको ट्वीनअटर विमान मंगलबार बिहान सिमीकोट विमानस्थलको धावन मार्गमा दुर्घटना भएको छ ।

सुर्खेतका लागि उडेको सो विमानमा चालक दलका तीन सदस्य र १३ यात्रुसहित १६ जना सवार रहेको बुझिएको छ । दुर्घटनामा कुनै पनि मानवीय क्षति नभएको हुम्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले बताए ।

उनका अनुसार दुर्घटनामा चालक दलका ३ सदस्य घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ ।

विमान निर्वाचनका लागि हुम्लामा खटिएका १३ प्रहरी जवान बोकेर सुर्खेततर्फ उडान भर्ने क्रममा थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...