लोकतन्त्र र अधिनायकवाद रोज्ने अधिकार जनतालाई : प्रधानमन्त्री देउवा

Deuba34

धनगढी । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चुनावमा लोकतन्त्र वा अधिनायकबाद कसलाई रोज्ने भन्ने निर्णय गर्ने अधिकार जनतालाई रहेको बताएका छन् ।

कैलाली निर्वाचन क्षेत्र नं २ को लम्कीमा आज आयोजित काँग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै उनले लोकतन्त्रमा मात्र व्यक्तिको स्वतन्त्रता हुने भएकाले एकदलीय कम्युनिस्ट व्यवस्थामा यो अधिकार हुँदैन भने ।

सभापति देउवाले देश चुनौतीपूर्ण मोडमा उभिएको चर्चा गर्दै नेपाली काँग्रेसले मात्र देशको समृद्धि र विकास गर्न सक्ने बताए । उनले भने, ‘म सुदूरपश्चिमवासीकै सहयोगमा ४ ४ पटक प्रधानमन्त्री भए, म सँग झगडा गर्ने, लड्ने अधिकार र हक तपाइहरुसँग छ’ ।

प्रधानमन्त्री देउवाले कर्णाली नदीमा बनेको पुलका साथै पूर्व–पश्चिम राजमार्गको चिसापानी महेन्द्रनगर सडक खण्डमा २२ वटा पुल आफ्नै नेतृत्वको सरकारले निर्माण गरेको उल्लेख गर्दै ‘म सुदूरपश्चिमकै बासिन्दा भएकाले मेरो हात बलियो बनाउन सहयोग गर्नुहोस्’ उनले भने ।

कैलाली क्षेत्र नं. १ बाट काँग्रेसकी प्रतिनिधिसभा सदस्य उम्मेदवार ईश्वरी न्यौपानेले हरेक आन्दोलनको सफल नेतृत्व गरेको काँग्रेसबाट मात्र देशको विकास र समृद्धि सम्भव रहेको धारणा व्यक्त गरिन् ।

क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार काँग्रेसका मोहनसिंह राठौरले लोकतान्त्रिक गठबन्धन बनेसँगै आफूहरुको विजय सुनिश्चित भइसकेको बताए । एमालेका निवर्तमान सांसद एवं पूर्वमन्त्री समेत रहेका राठौर टिकट वितरणका क्रममा तीन हप्ताअघि मात्र काँंग्रेसमा प्रवेश गरेका थिए ।

सभामा नेकपा एमाले र माओवादी केन्द्रका स्थानीय नेता तथा कार्यकतालाई सभापति देउवाले पार्टी प्रवेश गराएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...