मुलुकको समृद्धिका लागि वाम गठबन्धन : नायक

Ajaya nayak

लहान । पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य अजयशंकर नायकले वाम गठबन्धन मुलुकको समृृद्धिका लागि उपयुक्त भएको बताएका छन् ।

सिरहा क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका नायकले वाम गठबन्धन व्यक्तिगत स्वार्थका लागि नभई जनताको जनजीविका, गरिबी, बेरोजगारी समस्या समाधान र मुलुकको समृद्धिका लागि भएको जिकिर गरे ।
नायकले जनजीविका र आधारभूत आवश्यकतापूर्तिका लागि गठबन्धनले स्थिर सरकार निर्माणको संकल्प गरेको बताउँदै उहाँले वाम गठबन्धनले मात्र मुलुकलाई समृद्ध बनाउन सक्ने बताए ।
मिर्चैया नगरपालिका– ७ स्थित फूलबरियामा भएको चुनावी सभामा उनले भने, ‘एमाले र माओवादी दुवै दलबीच मधेशी, थारु, आदिवासी, जनजाति, महिला, मुसलमानलगायत उत्पीडित वर्गको अधिकारलाई संविधान संशोधनमार्फत थप समाविष्ट गर्ने प्रतिबद्धतासहित गठबन्धन निर्माण भएको हो ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...