१० खेलाडीलाई अवसर

10 khelad

काठमाडौँ । अन्तर्राष्ट्रिय कुङफु महासंघले नेपाल उमा कुङफु संघका १० खेलाडीलाई चीनमा खाना, बस्नसहित एक महिनाको तालिमको अवसर दिने भएको छ ।

अमेरिकाको न्युयोर्कस्थित क्विन्स कलेजमा भएको युएस आपन मार्सल आर्ट्स च्याम्पियनसिप तथा सातौं कुङफु कल्चरल एक्सचेन्ज कन्फेरेन्स क्रममा भएको भेटमा अन्तर्राष्ट्रिय कुङफु महासंघका अध्यक्ष फु बियाओ गद्यष्बयले तालिमका लागि प्रतिबद्धता जनाएको नेपाल उमा कुङफु संघका सचिव सिद्धार्थ लामाले जनाएका छन् ।

खेलाडीलाई बेइजिङको साउलिन मार्सल आर्ट स्कुलमा तालिमको प्रबन्ध मिलाइने सचिव लामाले जानकारी गराए । खेलाडीलाई हरेक वर्ष तालिममको प्रबन्ध मिलाइने बताइएको छ ।

तीनदिने कन्फेरेन्सका दौरान भएको रेफ्री सेमिनारमा सचिव लामासहित नेपाल उमा कुङफु संघका सदस्य सन्जित राईले सहभागिता जनाएका थिए ।

लामा र राई दुवै अन्तर्राष्ट्रिय निर्णायक हुन् । च्याम्पियनसिप र कन्फेरेन्स वल्र्ड फाइटिङ मार्सल आर्ट्स, युएस र अन्तर्राष्ट्रिय कुङफु महासंघ, चीनले संयुक्त आयोजना गरेका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...