नेपालमा नयाँ ढगंले राजनैतिक शुरुवात हने छ : प्रचण्ड

Prachand at kapilbastu

कपिलवस्तु । कपिलवस्तु जिललाकोे कृष्णनगरमा आयोजित माओवादी केन्द्रको बिशाल जनसभा तथा पार्टी प्रबेश कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष पुष्पकमल दहालले सभालाई हिन्दीमा सम्बोधन गरि मधेशी जनताको मनमा भित्र माओवादी प्रतिको नकारात्मक सोचलाई हटाउने प्रयास गरेका थिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकारको चाबी आफूसँग रहेको बताए ।

कपिलवस्तुको कृष्णनगरमा बिहीबार आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै प्रचण्डले शेरबहादुर देउवा नेतृत्वको सरकारको भविष्य पनि माओवादी केन्द्रकै हातमा रहेको बताए ।

माओवादी केन्द्रको लामो समयको संघर्षले संविधानसभाबाट संविधान प्राप्त भएको भन्दै उनले त्यसको कार्यान्वयनमा पनि आफूहरुले नै सबैभन्दा धेरै भूमिका खेलेको बताए ।

प्रचण्डले माओवादी केन्द्रले नै माओवादिको उपहार, गाउँगाउँ घरघरमा सिंहदरबार भन्ने नाराका साथ महिला, दलित, मजदुर, मधेसी, पछाडी समुदायहरुलाई नेता बनाइ सिंहदरवारको अधिकार गाउँगाउँ घरघरमा र्पुयाएको बताए ।

स्थानीय चुनावलाई बिथोल्न केही शक्ति लागिपरेको भएपनि त्यसलाई असफल पारेर शान्तिपूर्ण तरिकाले चुनाव सम्पन्न गराएको प्रचण्डले बताए ।

प्रदेश नम्बर २ मा सम्पन्न स्थानीय चुनावमा अन्य प्रदेशभन्दा उल्लेखनीय सहभागिता रहेको भन्दै उनले आउँदै गरेको प्रदेश र प्रतिनिधि सभा चुनावमा माओवादी केन्द्रलाई जिताउन सकेमा आर्थिक विकास र समृद्ध नेपाल बन्न कसैले रोक्न नसक्ने धारणा राखे ।

प्रचण्डले छिमेकी राष्ट्र भारत र चीनसँग सम्वन्ध सुमधुर रहेको हुँदा हुलाकी मार्ग, रेल मार्ग र नौमुरे परियोजनालाई कार्यान्वयन गरेर कपिलवस्तुलाई कृषिमा आत्मनिर्भर बनाउने विषयमा गृहकार्य भइरहेको जानकारी पनि गराएका थिए ।

कपिलवस्तुको कृष्णनगर नगरपलिका बजारलाई स्मार्ट सिटी बनाउने विषयमा शहरी विकास मन्त्रीसँग छलफल गर्ने प्रचण्ड ले स्पष्ट पारे ।

अध्यक्ष पुष्पकमल दहालले सभालाई हिन्दीमा सम्बोधन गरि मधेशी जनताको मन भित्र माओबादी प्रतिको नकारात्मक सोचलाई हटाउने प्रयास गरेका थिए ।

प्रचण्डपुत्र प्रकाश दहाल लगायत मुस्लिम अगुवा तथा केन्द्रीय नेताहरुको उपस्थिति रहेको उक्त पार्टी प्रवेश क्रममा विभिन्न दलका हजारौ भन्दा बढी कार्यकर्ताहरु माओबादीमा प्रवेश गरेका थिए ।

भारतीय सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिदै नेपाल भारत सम्बन्ध बर्षाैं पुरानो भएको कारण यसलाई बिगार्न कसैले नसोचे हुन्छ , आउने समयमा भारतको बढनीदेखि काठमाडौंसम्म रेल सेवा शुरु गरिने पहल भईरहेको प्रमुख अतिथि पुष्पकमल दहालले बताउनु भएको छ ।

अध्यक्ष पुष्पकमल दहाल प्रचण्डका अनुसार माओवादी पार्टी मधेशी जनताको हितमा क्रान्ति गरेको पहिलो एकमात्र पार्टी हो ।

सभालाई सम्बोधन गर्दै मंसिर ११ र २१ गते हुने प्रदेशिक तथा प्रतिनिधि चुनावमा माओवादी केन्द्रलाई अत्यधिक मतले जिताउन सर्वसाधारणलाई आग्रह पनि गरेका थिए ।

 

 

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...