राष्ट्रिय खुला सोबुकान कराते शनिबार

1aa

काठमाडौँ । नेपाल सोबुकान सितोरियो कराते संघको आयोजनामा दोश्रो राष्ट्रिय खुला सितोरियो सोबुकान कराते प्रतियोगिता शनिबार हुने भएको छ ।

न्यातपोल क्लासिकको मुख्य प्रायोजन र मध्यपुर थिमी नगरपालिकाको सहयोगमा हुन लागेको प्रतियोगितामा पुरुषतर्फ ११ र महिलामा ९ गरी २० स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सनिश श्रेष्ठले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

स्कुल र डोजोबाट २० र विभिन्न ६ जिल्लाबाट ६ गरी जम्मा २६ टिमका करिब ३ सय भन्दा बढी खेलाडीको सहभागिता रहने बताइएको छ ।

एकदिने प्रतियोगिताका खेलहरु मध्यपुर थिमीस्थित लाय्कु दरबार खेलाइनेछ । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख ६ हजार रुपैयाँ खर्च हुनेछ ।

न्यातापोल क्लासिकका प्रोप्राइटर विष्णु श्रेष्ठले राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने महत्वपूर्ण माध्यम मध्ये खेलकुद क्षेत्र अग्रपंक्तिमा रहेकाले प्रतियोगितालाई प्रायोजन गर्न लागेको बताउदै प्रायोजनले आयोजकलाई खेलप्रति अझ समर्पित हुन हौसला मिल्ने विश्वास व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...