राजपालाई निर्वाचन आयोगको ग्रीनकार्ड
एमाले नेता नेपालविरुद्ध लक्षित घटनाप्रति गम्भीर ध्यानाकर्षण
काठमाडौँ । आयोगले स्वतन्त्र रुपमा निर्वाचन प्रचारप्रसार गर्न पाउने अधिकारको सम्मान गर्न र आइन्दा कुनै राजनीतिक दलविरुद्ध लक्षित विरोधका कार्यक्रम नगर्न राजपालाई सचेत गराएको छ ।
स्थानीय तहको निर्वाचनमा प्रचारप्रसारका क्रममा जनकपुरमा पुगेका एमालेका नेता नेपालविरुद्ध लक्षित घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले राजपालाई सचेत गराउने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिए ।
विरोधको कार्यमा राजपाका कार्यकर्ता संलग्न रहेको पाइएकाले आयोगले यस्ता क्रियाकलाप नदोहो¥याउन उक्त पार्टीलाई निर्देशन दिएको छ । जनकपु्रमा नेता नेपालमाथि राजपाका कार्यकर्ताले सोमबार कालो झण्डा देखाउनाका साथै ढुंगा प्रहारसम्मका गतिविधि गरेका थिए ।
निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारले आगामी असोज २ मा हुने निर्वाचन आचारसंहिता पालना गरे÷नगरेको विषयमा अनुगमनलाई चुस्त तुल्याउने बताए ।
प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहको निर्वाचन प्रचारप्रसारका क्रममा आचारसंहिता उल्लंघनका सूचना प्राप्त भइरहेको छ । अघिल्ला दुई चरणको निर्वाचनमा आचारसंहिता उल्लंघनका घटनामा संलग्न राजनीतिक दल र उम्मेदवारलाई आवश्यक कारवाही गर्न नसकेको गुनासो आएकामा यस पटक भने आयोगले उल्लंघनका घटनामा संलग्नलाई छुट नदिने नीति अवलम्बन गरेको छ ।
यसैबीच निर्वाचन आचारसंहिता विपरीत पार्टीको निर्वाचन चिह्नअंकित टोपी लगाई प्रचारप्रसारमा संलग्न भएको जनाउँदै आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग २४ घण्टे स्पष्टीकरण पेश गर्न निर्देशन दिने निर्णय गरेको छ ।
स्थानीय तह निर्वाचनको प्रचारप्रसारका क्रममा वीरगञ्जमा सोमबार घरदैलो कार्यक्रममा नेता नेपालसहितका नेता तथा कार्यकर्ताले पार्टीको निर्वाचन चिह्नअंकित टोपी लगाएको जानकारी प्राप्त भएको जनाउँदै प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा शनिबार बसेको आयोगको बैठकले सो निर्णय गरेको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
त्यसैगरी राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य रामबाबु सिंहको नेतृत्वमा महोत्तरीको रामगोपालपुर नगरपालिका–५ मा करिब १०० मोटरसाइकलमा झण्डै २०० जनाले पार्टीको प्रचारप्रसार ¥याली निकाली निर्वाचन आचारसंहिता उलंघन गरेको भन्ने उजुरी प्राप्त भएको जनाउँदै आयोगले सो विषयमा कारबाही गर्नुपर्ने हो कि होइन भनी २४ घन्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।
त्यस्तै सिरहा जिल्लाको गोलबजार नगरपालिका–७ पुरानो चोहर्वास्थित बुद्धचोकबाट नेकपा (एमाले) का प्रस्तावित प्रमुख पदका उम्मेदवार श्याम श्रेष्ठले करिब १०० मोटरसाइकल, चार ट्«याक्टर, पाँच स्कारपियो गाडीसमेत गरी झण्डै साढे दुई सय जनाको ¥याली निकालेको जनाउँदै आयोगले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको आयोगका प्रवक्ता शर्माले जानकारी दिए ।
सम्बन्धित समाचार
बीआरआईमा विवाद: कांग्रेस अनुदानमा, एमाले ऋणमा भएपनि गर्ने अडानमा
काठमाडौं। प्रधानमन्त्रीले गर्ने चिनियाँ भ्रमण चीनको महत्त्वकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिए...
काठमाडौंमा माओवादी र समाजवादीबीच चुनावी तालमेल हुने, मेयरका माओवादी वडामा समाजवादी
काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच १६ मंसिरमा हुने उपनिर्वाचनमा काठमा...
प्रचण्ड भन्छन्, सरकार बनाउन अहिले पनि हाम्रो संख्या म्याजिक नै छ
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारपछि फेरि माओवादी...
कोशी प्रदेशका वहालवाला सांसद अधिकारी पक्राउ, ल्याइयो काठमाडौं
काठमाडौं । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशसभा सदस्य तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारी...
एमालेले गर्यो मानव तस्करीको आरोप लागेका अधिकारीलाई निलम्बन
काठमाडौं । मानव तस्करीको आरोप लागेका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारी नेकपा एमा...
स्थानीय तह उपनिर्वाचन : कुन-कुन पदका लागि कहाँ–कहाँ हुँदैछ निर्वाचन ?
काठमाडौं । आगामी मङ्सिर १६ गते विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ । जि...
आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?
काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...
प्रतिकृया दिनुहोस