तालमेल गर्ने कुरा बिपीले समेत अस्वीस्कार गरेका थिए : डा कोइराला

Sasanka koirala

चितवन । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आगामी निर्वाचनमा पार्टीले कसैसँग पनि तालमेल गरेर निर्वाचन लड्न नहुने बताएका छन् । 

काँग्रेस चितवनले म‌गलबार आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा उनले तालमेल गर्ने कुरा बिपीले समेत अस्वीस्कार गर्नुभएको बताए । 

संगठन बलियो बनाएर एक्लै निर्वाचन जित्ने तयारीमा काँग्रेस लाग्नुपर्नेमा कोइरालाको जोड थियो । बिपीले कार्यकर्तालाई संरक्षण र माया गर्ने गरेको बताउँदै उनले कार्यकर्ताको भावनाभन्दा बाहिर नेता जान नहुने बताए । 

कार्यक्रममा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले शिक्षामा आमूल परिवर्तन गर्नुपर्ने बताउँदै भन्नुभयो, 'हुने खाने र हुँदा खाने दुवैलाई एउटै शिक्षा दिनुपर्छ ।'

काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, सांसद रामकृष्ण घिमिरे, सावित्री चौधरी, विष्णुमाया परियार, काँग्रेस चितवनका पूर्वसभापति टेकप्रसाद गुरुङ, भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह, इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीता गुरुङलगायतले संगठन मजबुत बनाउन गाउँदेखि सबै एक जुट भएर लाग्नुपर्ने बताए । चितवन जिल्लामा काँग्रेसबाट निर्वाचित १७७ जनप्रतिनिधि र शिक्षा राज्यमन्त्री अधिकारीलाई सम्मान गरिएको थियो । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...