पावर लिफ्टिङ तालिम सम्पन्न

काठमाडौँ । राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघ, नेपालको आयोजनामा राष्ट्रिय पारा भारोत्तोलन तालिम सोमबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सम्पन्न भएको छ ।

ललितपुर महानगरपालिकाको सहयोगमा भएको पाँच दिने तालिममा ३० प्रशिक्षार्थी सहभागी थिए । उनीहरुलाई शारीरिक सुगठनका मुख्य प्रशिक्षक ज्ञानेन्द्र नकर्मीले प्रशिक्षण दिएका थिए ।

सहभागीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य अर्जुनबहादुर केसी, आयोजक संघका अध्यक्ष टेकबहादुर गुरुङलगायतले एक कार्यक्रमबीच प्रमाण पत्र वितरण गरे । सो अवसरमा भारोत्तोलनका मुख्य प्रशिक्षक स्व. सुनीललाल जोशीको दिवंगत आत्माको चिर शान्तिको कामनासहित १ मिनेट मौन धारण गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...