तेस्रो चरणको निर्वाचन तत्काल गर्नुपर्ने एमालेको माग

Jn khanal

इलाम, । नेकपा एमाले का वरिष्ठ नेता झलनाथ खनालले जनतामा चुनावप्रतिको व्यापक उत्साह रहेकाले तेस्रो चरणको निर्वाचन पनि तत्काल गर्नुपर्ने बताएको छ ।

सूर्योदय नगरपालिकास्थित कन्याममाआइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता खनालले सरकारको कमजोरीका कारणले चुनाव सरेको आरोप लगाए ।

पूर्वप्रधानमन्त्री खनालले चुनावपछि मुलुक आर्थिक समृद्धितर्फ अघि बढ्ने विचार व्यक्तसमेत व्यक्त गरे ।

एमालेले नेतृत्व सम्हालेपछि मुलुकको स्वतन्त्रता र सार्वभौमसत्ता, लोकतन्त्रको संस्थागत विकास, सामाजिक–आर्थिक रूपान्तरण, संस्कृतिको जगेर्ना र सन्तुलित विदेश नीति लिएर एमाले अघि बढ्ने उनको भनाइ छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...