नवप्रवेशीलाई पार्टीले उचित जिम्मेवारी दिइने ः ओली

Sam 8330

काठमाडौँ, । आइतबार पार्टी प्रवेश गरेकी राष्ट्रिय जनता पार्टीका कोषाध्यक्ष अनिता यादवलगायतलाई पार्टीमा स्वागत गर्दै नवप्रवेशीलाई पार्टीले उचित जिम्मेवारी दिने नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।

ओलीले राष्ट्रियता र मुलुकको स्वाभिमानमा आँच पु¥याउने कुनै पनि कुरामा सौदाबाजी गर्न नसकिने समेत बताए ।

एमाले केन्द्रीय कार्यालय धूम्रबाराहीमा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले एमाले वैमनस्यताको अन्त्य गरेर समझदारी र सहकार्यमा सिङ्गै देशलाई लैजाने देशभक्त पार्टी हो, राष्ट्रिय एकता, मुलुकको हित र स्वाभिमानलाई लाभसँग सौदाबाजी गर्न सकिँदैन ।

उनले तराई मधेसमा एमाले विरोधीहरु नभएको उल्लेख गर्दै तराई मधेसमा एमालेका विरुद्ध अब आरोप लाग्न सक्दैन, हामीविरुद्ध भ्रम छर्ने काम भएको छ, । अध्यक्ष ओलीले सरकारको ध्यान संविधान कार्यान्वयन नभई विपरीत कुरामा गएको आरोप लगाउँदै संविधान औचित्यका आधारमा संशोधन गर्न सकिने तर बलजफ्ती देशलाई अहित पार्ने गरी प्रस्ताव आएमा एमालेलाई मान्य नहुने समेत बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...