उपप्रधानमन्त्रीसँग राजदूत सिंहको भेटवार्ता

नेपाल–भारतबीच सम्बन्ध अझ प्रगाढ बनाउने

काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि भारतीय राजदूत मञ्जिपसिंह पुरीले बुधबारपरराष्ट्र मन्त्रालयमा भेटवार्ता गरेका छन् ।

सो अवसरमा उपप्रधान तथा परराष्ट्रमन्त्री महराले नेपाल–भारतबीच रहिआएको असल सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गरे ।

भेटमा भरतीय राजदूत पुरीले परराष्ट्रमन्त्री महरालाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भारत भ्रमणको निम्तो दिइएको बताउँदै सो विषयप्रति विचार गरिदिन अनुरोध गरेका छन् ।

जवाफमा परराष्ट्रमन्त्री महराले दोस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनपछि हुने प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको सिलसिलामा आफू भारत आउने प्रयास गर्ने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको उत्तरपानीमा आगलागी हुँदा ११ करोडको क्षति

Uttarpani aagolagi

धनकुटा । धनकुटाको पाख्रिवास नगरपालिका वडा नं. ९ उत्तरपानीमा एक घरमा आगालागी हुँदा ११ करोड ६ लाख ब...